सात दिनभित्र महानगरअन्तर्गतका विद्यालयको नाम नेपाली राख्न कामपाको निर्देशन

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरअन्तर्गतका विद्यालयको नाम  नेपालीपन झल्कने गरी राख्न निर्देशन दिएको छ । महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको हो । 

शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको पनि महानगरले स्मरण गराएको छ । 

Advertisement


महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम नियम विपरीत देखिएकोले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र महानगरमा सम्पर्क गर्न भनिएको छ । सो समयभित्र मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाई कानुनबमोजिमको प्रक्रिया थाल्ने महानगरले जनाएको छ । 

विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिन निर्देशन दिइएइको छ । अन्यथा शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ । 

Advertisement

Advertisement