कर्पोरेटनेपाल वार्षिकोत्सवः ‘अर्थतन्त्र शिथिल छ भनेर मनोबल कमजोर नबनाउनुस्’- गभर्नर अधिकारी

Advertisement

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र शिथिल अवस्थामा छ भन्दै मनोवल कमजोर बनाएर नबस्न आग्रह गरेका छन् । बुधबार कर्पोरेट नेपाल डट कमको १० औं बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै व्यवसायी लगायतका सरोकारवालाई मनोवल कम्जोर नबनाउन आग्रह गरेका हुन् ।

यस्तै, उनले शिथिल अर्थतन्त्रलाई चिर्न सबै सरोकारवाला एक भएर अघि बढ्नुपर्ने बताए । ‘अर्थतन्त्रको बाह्य क्षेत्र बलियो छ । बैंकिङ क्षेत्र पनि बलियो र सवल अवस्था छ । तर, यति हुदाँ हुँदै पनि अर्थतन्त्रमा केही शिथिलता देखिएको छ । तर, अर्थतन्त्र शिथिल अवस्थामा छ भनेर गरिरहेको काम नछोड्नुस । त्यो गरियो भने यो शिथिलता अझै लम्बिन्छ । तसर्थ, अझै क्रियाशिल भएर अघि बढ्नुस्,’ उनले भने, ‘साथै, यो शिथिल अर्थतन्त्रलाई चिर्न सबै मिलेर अघि बढौं । एक अर्कालाई दोष दिएर पन्छीने काम नगरौं ।’

Advertisement

यस्तै, उनले अर्थतन्त्रको विकासमा मिडिया क्षेत्रको महत्वपूर्ण योगदान भएको बताए । त्यसमा कर्पोरेट नेपालको पनि महत्वपूर्ण योगदान हुने उनले बताए ।

undefined

यस्तै, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले सरकारी सम्पत्तिहरुको बीमा गर्ने नीतिको आवश्यक रहेको बताए । ‘अहिले सरकारले आफ्नो भौतिक सम्पत्तिहरुको बीमा गरेको छैन । आम जनताहरुको पनि बीमा गरेको देखिन्न । तर, अनुदानमा ठुलो पैसा खर्च गर्दै आएको छ । निकट भविष्यमा कुनै भवितव्य घटना भयो भने नोक्सानी बेहोर्ने  सरकारको क्षमता कम्जोर छ,’ उनले भने, ‘तसर्थ, सरकारले आफ्नै सम्पत्ति र नागरिकको आधारभुत बीमा गर्ने नीति ल्याउनुपर्छ । सायद, यसमा सरकारले छिट्टै उचित निर्णय गर्नेछ ।’

यस्तै, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल र नेपाल चेम्बर अफ कर्मशका कार्यवाहक अध्यक्ष कमलेश अग्रवालले यो संकटबाट माथि उठ्न निजी क्षेत्रमैत्री नीति तथा कानुन ल्याउनुपर्ने बताए ।

कार्यक्रम बिजेकेयर नेपाल प्रालीका अध्यक्ष तथा कर्पोरेट नेपालका सम्पादक सिताराम बिलासीको अध्यक्षतामा सम्पन्न भएको छ । कर्पोरेट नेपालले बार्षिक उत्सवको अवसरमा कर्पोरेट कल्चर स्मारिका पनि प्रकाशन गरेको छ ।

undefined

Advertisement