सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार पुग्यो, चाँदीको मूल्यमा पनि ऐतिहासिक रेकर्ड

Advertisement

काठमाडौं । सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । यसैक्रममा  बिहीबार सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला ४० रुपियाा बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३४ हजार र तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपियाँमा  कारोबार महासंघले जनाएको छ । सुनचाँदी दुबैको मूल्य बढेर आज अर्को रेकर्ड कायम भएको छ । 
 

Advertisement

Advertisement