राष्ट्रिय जीवन बीमा कम्पनीले एक पटक तीन आवको साधारण सभा गर्दै, अझै आठ बर्षको बाँकी

Advertisement

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले झण्डै तीन बर्षपछि थप तीन आर्थिक बर्षको बार्षिक साधारण सभा गर्न लागेको छ । 

कम्पनीले आगामी बैशाख १४ गते आव २०६९–७०, २०७०–७१ र २०७१–७२ को साधारण सभा एकै पटक गर्न लागेको हो । 

Advertisement

यसअघि कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान)ले २०७८ साउन २२ गते आव २०६६–६७, २०६७–६८ र २०६८–६९ को साधारण सभा गरेको थियो । त्यसपछि अहिले आएर थप तीन आवको साधारण सभा गर्न लागिएको हो । 

यसपछि पनि कम्पनीले गत आव सहित आठ बर्षको साधारण सभा गर्न बाँकी हुनेछ । सरकारी स्वामित्वको यस कम्पनीको साधारण सभा पहिलेदेखि नै अलपत्रमा छ । 

नयाँ ‘बीमा ऐन, २०७९’ लागू भएसँगै गत कात्तिकदेखि राष्ट्रिय बीमा संस्थान राष्ट्रिय जीवन बीमा कम्पनीमा रुपान्तरण भएको थियो । संस्थान कम्पनीमा रुपान्तरण भएपछि ६ महिनाभित्र पहिलो साधारण सभा गर्नुपर्ने व्यवस्था थियो । 

सोहीअनुसार कम्पनीले बैशाख १४ गते शुक्रबार अपरान्ह ४ बजे रामशाहपथस्थित प्रधान कार्यालयमा साधारण सभा गर्न लागेको हो । 

साधारण सभामा तीन आर्थिक बर्षको वासलात, नाफा नोक्सान हिसाव, सोही अवधीको नगद प्रवाह वितरण लगायतका वित्तिय विवरणहरुमाथि छलफल गरेर पारित गरिनेछ । 

Advertisement

Advertisement