प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसायबीच नगदरहीत भुक्तानी प्रणालीसम्बन्धी सम्झौता

Advertisement

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसाय प्रा Þलि.बीच नगदरहीत भुक्तानी प्रणालीको सहकार्यसम्बन्धी सम्झौता भएको छ । उनीहरुबीच बिहीबार यससम्वन्धी सम्झौता भएको हो । 

सम्झौताअनुसार गण्डकी ट्याक्सी ब्यबसायसँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहजरुपमा रकम झिक्न, आप्mनो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक÷वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन सक्नेछन् । 

Advertisement

सम्झौतापत्रमा प्रभु बैंकका गण्डकी प्रमुख व्यबसाय केन्द्र अधिकृत शान्ती शेरचनको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी ब्यबसायका अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरे । विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकद्धार उपलब्ध गराईएको क्यु आरमार्फत् विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको बैंकको भनाई छ । 

गण्डकी ट्याक्सी ब्यबसाय प्रा. Þिल. मा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराईएको छ । निकट भविष्यमा अन्य ३५० भन्दा बढि चालकहरुलाई उपलब्ध गराईने कार्यक्रम रहेको जनाइएको छ । 
 

Advertisement

Advertisement