कजरिया टाइल्सको पहिलो ‘एक्सपेरियन्स सेन्टर’ सञ्चालन

Advertisement

काठमाडौं । भारतको प्रसिद्ध कजरिया ब्राण्डको टाइल्सले काठमाडौंमा आफ्नो पहिलो ‘एक्सपेरियन्स सेन्टर’ (अनुभव केन्द्र) स्थापना गरेको छ । कजरिया ३५ बर्ष लामो विरासत बोकेको कम्पनी हो । 

उक्त कम्पनीले ‘एक्सपेरियन्स सेन्टर’को उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको हो । यस सोरुमले आवासीय र व्यवसायिक स्थानका लागि डिजाइन, रंग र टाइलहरुको विविधता प्रदान गर्दै ग्राहकलाई अनुभव प्रदान गर्ने कजरिया रमेश टाइल्स लिमिटेडले जनाएको छ । 

Advertisement

सोरुममा एउटै छातामुनी ग्राहकको आठ सिरिज र २०भन्दा बढी ‘लाइभ मोक–अप’ बाथरुमको अवलोकन गर्नसक्ने व्यवस्था गरिएको छ । कजरिया टाइल्सले अत्याधुनिक प्रविधि र दिगोपनप्रतिको प्रतिवद्धतासहित ‘द स्टेट–अफ–द–आर्ट कन्टिन्युअ प्लस टेक्नोलोजी’ प्रयोग गरी आफूहरुले उद्योगमा नयाँ ‘बेन्चमार्क’का साथै सटिक, स्थायित्व र सुन्दर ठूला टाइल स्ल्याबहरु उत्पादन गर्ने जनाएको छ ।
 
यसबाहेक, कजारिया टाईल्सले आफ्नो उत्पादन प्रक्रियाहरूमा पर्यावरणमैत्री अभ्यासहरूलाई प्राथमिकता दिएको जनाएको छ । उच्च स्तरका उत्पादनहरू वितरण गर्दा वातावरणीय प्रभावलाई कम गर्ने प्रयास आफूहरुले गरेको भन्दै कम्पनीले प्रत्येक टाइलले खाली ठाउँमा सुन्दरता मात्र नथप्ने, कम्पनीको वातावरणीय जिम्मेवारीप्रतिको समर्पणलाई पनि झल्काउने बताएको छ । 

निर्माण तीब्र गतिमा अघि बढ्दै गर्दा कम्पनीले नवलपरासीमा रहेको आफ्नो कारखाना यही सन् २०२४ को अन्त्यसम्म सञ्चालनमा आउने जनाएको छ । यो रणनीतिक कदमले आफूहरुले नेपालको टाइल र सिरेमिक उद्योगलाई आकार दिन, देशको उन्नति र समृद्धिमा योगदान पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने कजरिया रमेश टाईल्सको विश्वास छ ।

कम्पनीले भनेको छ, ‘आधुनिक उपकरणहरू प्रयोग गरेर र अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दै, कजरिया रमेश टाईल्सले प्रिमियम टाइलिङ समाधान खोज्ने ग्राहकहरूलाई सहज अनुभव सुनिश्चित गर्दै नेपाली बजारमा गुणस्तरीय र किफायतीताको नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको छ ।

Advertisement

Advertisement