बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Advertisement

बैतडी । बैतडीको झौलेकमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८, झौलेक मोडमा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

परिचय नखुलेका ट्याक्टर चालक र त्यसमा सवार राजेश चौधरीको मृत्यु भएको उनले बताए ।

दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको छ । दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । 

Advertisement