पन्द्र वटा हिमाल आरोहणका लागि २६४ जनाले लिए अनुमति

Advertisement

काठमाडौं । वसन्त ऋतृ सुरु भएसँगै नेपालमा विदेशी पर्यटकहरुको आगमन बढ्दो छ । नेपालका विभिन्न हिमालहरु आरोहण तथा पदयात्राका लागि आउँने पर्यटकहरुको पनि चहलपहल बढ्दो क्रम रहेको छ । 

वसन्त ऋतृका लागि हाल १५ वटा हिमालहरु आरोहण अनुमति लिइसकेको र अनुमति लिने क्रम जारी रहेको पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जानकारी दिए । 

Advertisement

उनका अनुसार सगरमाथा, अन्नपूर्ण–१, अमा दब्लम, हिमलुङ हिमाल, जुगल–३, पुथा हिउचुली, खांगरी शार, कञ्चनजङ्घा, धौलागिरी–१, टेङ्काङ्पोचे, टेङ्कोमा, मकालु, ल्होत्से, जुगल–१, जुगल–२ गरी १५ वटा हिमालहरुको आरोहण अनुमति लिएका हुन् । उक्त हिमाल आरोहणको लागि दुई सय ६४ जनाले आरोहण अनुमति लिएका हुन् । ती मध्येृ पुरुष–२०४, महिला–६० जना छन् । उनीहरुबाट सरकारले १९ करोड ९२ लाख ३२ हजार २ सय ६६ रुपैयाँ रोयाल्टी संकलन गरेको गुरुङले बताए ।

‘आइसफल डाक्टर’ को टोलीले सगरमाथाको क्याम्प–२ सम्मको बाटो अप्रिलको दोस्रो हप्तासम्म निर्माण गरी सक्ने र त्यसपछि क्याम्प–२ देखि सगरमाथाको चुचुरो सम्मको ‘रोप फिक्सिङ’ सेभेन समिट ट्रेक्स कम्पनीबाट टिम लिडर देन्डी शेर्पासहित १० जनाको टिमले गर्नेछ । 

अन्नपूर्ण–१ हिमालको ‘रोप फिक्सिङ’ सेभेन समिट ट्रेक्स कम्पनीका टिमले गर्दैछ । ‘रोप फिक्सिङ’ को टिम लिड मिङ टेम्बा शेर्पाले गर्दै अन्नपूर्ण–१ हिमालको क्याम्प–३ सम्मको रोप फिक्सिङ गरी सुरक्षित अन्नपूर्ण–१ बेसक्याम्प फर्किएका छन् ।
 

Advertisement