सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ३५ हजार ६ सयमा कारोबार

Advertisement

काठमाडौं । आइतबार पनि सुनचाँदीको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला २ हजार ९ सय र चाँदी प्रतितोला ५५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय, तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपियामा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement