अब एक घण्टामै श्रम स्वीकृति, श्रमिकले दुःख पाउने दिन गयोः श्रममन्त्री

Advertisement

काठमाडौं । बैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले अब एक घण्टामै श्रम स्वीकृत पाउने भएका छन् । 

ताहाचलस्थित बैदेशिक रोजगार कार्यालयले आइतबारबाट यस्तो सेवा सुरु गर्न लागेको हो । श्रमिकले अनलाइन प्रक्रियाबाट एक घण्टामा श्रम स्वीकृत पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले बताए । 

Advertisement

यस सेवाको शुभारम्भ गर्दै उनले यसले अनियमितता र विकृति कम गर्न सहयोग गर्ने बताए । हाल बैदेशिक रोजगारमा जाने कामदारलाई श्रम स्वीकृत लिन चार दिनसम्म समय लाग्ने गरेको छ । अनलाइनमार्फत आवेदन दिने लगायतका प्रक्रिया पूरा गरेको चार दिनमा बल्ल श्रम स्वीकृत प्राप्त हुने गरेकोमा अब अनलाइनमार्फत आवेदन दिएको एक घण्टामै श्रम स्वीकृत पाउन सकिने छ । 

अर्यालले पत्रकार सम्मेलनमा कार्यालय समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गरिने बताए । उनले पहिलो पटक यो प्रयास सुरूवात भएको भन्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने बताए ।

अर्यालले भने, ‘वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्था थियो । आजदेखि यो कुराको अन्त्य भएको छ ।’ आगामी दिनमा जो मन्त्री, कर्मचारी आए पनि यसले निरन्तरता पाउने उनले बताए । 

Advertisement

Advertisement