आज उपत्यकामा सार्वजनिक बिदा, शेयरबजारसहित यी संस्था बन्द

Advertisement

काठमाडौं । घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । जसअनुसार आज (सोमबार) शेयर बजार बन्द हुने भएको हो । 

संघीय राजधानी काठमाडौंमै शेयर बजार सञ्चालक नेप्से कार्यालय पनि रहेकाले काठमाडौंमा सार्वजनिक बिदा हुँदा नेप्से पनि बन्द हुने भएको हो । 

Advertisement

साथै, काठमाडौं उपत्यकाभित्रका बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । 

शेयर बजार, बैंक तथा वित्तीय संस्था मंगलबारदेखि (चैत २७ गते) देखि नियमित समयमा खुल्नेछन् । 

आइतबार शेयर बजार २२.७५ अंकले बढेर २०२६.८१ अंकमा बन्द भएको थियो । 

Advertisement