काठमाडौं महानगरद्वारा ‘एग्रो पुलिङ कार्यक्रम’ का लागि इन्टर्न आवेदन माग

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्टर्न आवेदनका लागि दरखास्त आह्वान गरेको छ । 

महानगरपालिकाले आफ्नो स्वर्णिम योजना ‘एग्रो पुलिङ कार्यक्रम’ मा महानगर क्षेत्रभित्रका कृषि भण्डारण, बिक्री स्थिल, आयात, खपतलगवायतको तथ्यांक संकलनका आवेदन माग गरेको हो । 

Advertisement

यस कार्यका लागि १५ जना जनशक्ति आवश्यक पर्ने महानगरपालिकाले जनाएको छ । 

कृषि विषयमा स्नातक अध्ययनरत वा उत्तीर्ण विद्यार्थीले आवेदन दिन सक्नेछन् । आवेदन एक हप्ताभित्र बुझाउनुपर्नेछ । 

इन्टर्न विद्यार्थीको सेवासुविधा भने सम्झौताबमोजिम हुने महानगरपालिकाले जनाएको छ । 

undefined

Advertisement

Advertisement