सुनचाँदीको मूल्यमा आज फेरि बन्यो नयाँ रेकर्ड, यस्तो छ बजार मूल्य

Advertisement

काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । मूल्य बढेसँगै आज नयाँ रेकर्ड कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तोला १ लाख ३६ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ५५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement