यी दुई कम्पनीको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुँदै

Advertisement

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र ग्रीन डेभलपमेन्ट बैंकको साधारणसभा आज (चैत २७ गते) बस्दैछ । 

सगरमाथा लुम्बिनीको साधारणसभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

Advertisement

सभाले गत आर्थिक वर्षको मुनाफाबाट पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि सभामा छलफल हुने बताइएको छ । 

साथै, सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नुका साथै संस्थापकबाट चार र सर्वसाधारणबाट दुई जना सञ्चालक निर्वाचित गर्नेछ । 

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकले एकैचोटि दुई आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को साधारणसभा बोलाएको छ ।

सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ 

सभामा सेयरधनीलाई ३.८५ बोनस शेयर र कर प्रयोजनका लागि ०.२०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । 

त्यस्तै, सभाले दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाहलगायतका विषयमाथि छलफल गरी पारित गर्नेछ । साथै, सोही सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव छ । 

त्यसैगरी, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नका लागि त्यसको सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेस पनि सभामा हुनेछ । 

सभा प्रयोजनार्थ बैंकले चैत ९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

Advertisement