सिंगटी हाइड्रोको लिलामी शेयरको बोलकबोल आज खोलिँदै

Advertisement

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमा राखेको ४६ लाख कित्ताभन्दा बढी अवितरित हकप्रद शेयरको बोलकबोल खोलिने भएको छ ।

कम्पनीले गत चैत १२ गतेदेखि २० गतेसम्म १ बराबर १ को अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो ।

Advertisement

कम्पनीका अनुसार उक्त शेयरमा परेको बोलपत्र आज ग्रिन लिभ्स रेस्टुरेन्ट, नक्साल, काठमाडौंमा बिहान ८ बजे खोलिनेछ ।

लकबोल खोलिएको प्रत्यक्ष प्रसारण मुक्तिनाथ क्यापिटल फेसबुक लाइभमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

Advertisement