हेली एभरेस्टले थप्यो नयाँ हेलिकप्टर, संख्या चार पुग्यो

Advertisement

काठमाडौं । हेली एभरेस्टले चौथो नयाँ हेलिकप्टर थपेको छ । कम्पनीले एयरबस बी–थ्री–२०१९, कलसाइन नाइन–एन एओबी हेलिकप्टर भित्र्याएको हो । योसँगै हेलि एभरेष्टको संख्या चार पुगेको छ । 

गत असोजमा तेस्रो हेलिकप्टर थपेका कम्पनीले अहिले दुईवटा सञ्चालनमा ल्याएको छ । यही अप्रिल महिनाभित्र चारवटै हेलिकप्टर सञ्चालनमा ल्याउने योजना रहेको हेलि एभरेष्टका मार्केटिङ चिफ सीताराम सापकोटाले बताए । 

Advertisement

वर्षभित्र थप एक हेलिकप्टर थप्ने योजनासमेत कम्पनीको रहेको सापकोटाले बताए । 

अहिले थपेको हेलिकप्टर आकस्मिक उद्धार, पर्यटकीय सेवा, व्यापारिक उडान, चिकित्सकीय सेवा तथा कार्गो उडानमा यो हेलिकप्टरको प्रयोग गरिने जनाएको छ ।

Advertisement

Advertisement