नेपालमा पहिलो पटक मोबाइल ईभी चार्जिङ स्टेशन सञ्चालनमा

Advertisement

काठमाडौं । नेपालमा पहिलो पटक मोवाइल ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । उर्जा नेपालको सहयोगमा यात्री इनर्जिले बनाएको यो मोवाइल चार्जिङ स्टेसनको शुभारम्भ गरिएको हो । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले यसको शुभारम्भ गरेका हुन् । सो अवसरमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव संदीप देव, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था यूएसएआईडीका कार्यबहाक मिसन डाइरेक्टर करेन्ट वेल्च पनि सहभागी थिए । 

Advertisement

कुल ३० किलोवाट क्षमताको यो चार्जिङ स्टेसन आवश्यकताअनुसार अर्को ठाउँमा लगेर विद्युतीय गाडीहरु चार्ज गर्न सकिन्छ । बाटोमा चार्ज सक्किएर गाडी अलपत्र परेको बेला यो बढी उपयोगी हुने उर्जा नेपालको भनाई छ । सो संस्थाले अर्को साता पूर्व–पश्चिम जनचेतना कार्यक्रम पनि गर्ने जानकारी दिएको छ । 

यो मोवाइल चार्जिङ स्टेसनले एउटा कार पूर्णरुपमा चार्ज गर्नसक्छ । कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले ईभीको प्रवर्द्र्धनमा यस्तो चार्जिङ प्रविधिले सहयोग गर्ने बताए । 

आजै वाग्मती क्षेत्रभित्रका २३ वटा चार्जिङ स्टेसनको पनि शुभारम्भ गरियो । यसमा उर्जा नेपालको सहयोगमा यात्री इनर्जीले १७ वटा र ई–स्टोपले ६ वटा स्टेसन निर्माण गरेका हुन् । 

Advertisement

Advertisement