गृहमन्त्रीको विषयलाई लिएर आज पनि संसद अवरोध

Advertisement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर मंगलबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । सहकारी प्रकरणमा लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडानका साथ कांग्रेसले आज पनि सांसद अवरोध गरेको हो । 

संसदीय समिति नबनेसम्म सदन नचल्ने कांग्रेसले अडान लिएका थिए । सत्तापक्षका सांसदहरूले विनाप्रमाण छानबिन समिति गठन गर्न नमिल्ने बताउँदै आएका छन् । 

Advertisement

कांग्रेस सचेतक सुशीला थिङले करोडौं सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न गरेकाले संसदीय छानविन समितिमार्फत छानबिन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने बताइन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएका थिए । तर, कांग्रेसले बोल्न नदिएपछि सत्तापक्षीय साँसदहरु पनि उभिएर विरोध जनाएका थिए । अवरोध जारी रहेपछि उनले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए । 

Advertisement

Advertisement