आन्दोलनलाई दमन गरेको भन्दै राप्रपाद्धारा गृहमन्त्रीको राजीनामा माग

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । आफूहरुको मंगलबारको आन्दोलनमा दमन गरेको भन्दै राप्रपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो । 

राजसंस्था र हिन्दूराज्य पुनस्थापनासहित ४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपा आन्दोलनमा उत्रिएको थियो । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा राप्रपाका साँसद ज्ञानेन्द्र शाहीसहित नेता कार्यकर्ता पक्राउ परेका छन् ।

Advertisement

प्रदर्शनपछि आयोजित कोषसभामा सो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भने, ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौं । आजबाट गृहमन्त्रीले राजीनामाको माग पनि थपेर लैजान्छ । आजबाट ४० बुँदेमा एक बुँदा थपियो ।’ उनले आजको प्रदर्शनमा भएको प्रहरी दमनको विरोध पनि गरे । 

undefined

Advertisement

Advertisement