केन्टका उत्पादन किन्दा ईओएल प्रालिले ल्यायो नयाँवर्ष लक्षित योजना

Advertisement

काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएल प्रालिले नयाँवर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । 

भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्ष नयाँ सन्तुष्टिको साथ’ भन्ने नारासहित जारी गरेको अफर अन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा इलेक्ट्रिक केटल पाउने छन् । 

Advertisement

यो ग्राहक योजना चैत्र २३ गतेदेखि नेपालभर सीमित अवधिको लागि मात्र लागू गरिएको छ । 

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/ डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  

Advertisement