सलिकोको एक लाख १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

Advertisement

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको एक लाख १४ हजार ६१२ कित्ता संस्थापक शेयर आजदेखि (चैत्र २८ गते) देखि गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा राखेको छ । 

कम्पनीले संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

बिक्रीमा राखिएको ल्याइएको उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपियाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । न्यूनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरुले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत तोकि बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ । 

आवेदन दिने अन्तिम मिति जेठ १ गते रहेको छ ।

Advertisement