समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको संयोजकमा अधिकारी

Advertisement

काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहका संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् ।

त्यसैगरी, प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उम्मेदवारमा छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

Advertisement

छनोटमा परेका मुख्य उम्मेदवारले नियुक्तिका लागि २०८१ वैशाख २ गतेभित्र राष्ट्र बैंकमा सम्पर्क राख्न आह्वान गरेको छ । 

उक्त मितिभित्र सम्पर्कमा नआएमा योग्यताक्रमअनुसारका वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने राष्ट्र बैंकले जनाएको छ । 

Advertisement