आधा दर्जन कम्पनीको साधारणसभा आज, क–कसले दिँदैछन् लाभांश ?

Advertisement

काठमाडौं । आज (चैत्र २९ गते) विभिन्न ६ कम्पनीहरुको साधारणसभा बस्दैछ । तीमध्ये दुई कम्पनीले मात्रै शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछन् । अन्य कम्पनीका शेयरधनीको हात रित्तै हुने भएको छ । 

लाभांश वितरण गर्नेमा समता घरेलु लघुवित्त रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार ८२१ रुपैयाँको ५.४२२२ प्रतिशत बोनस शेयर र ०।२८५४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव राखेको छ । साथै, कम्पनीले शेयर संरचना ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी पुनः सर्वसाधारणलाई एफपीओ जारी गर्ने प्रस्ताव राखेको छ ।

Advertisement

प्रस्तावित लाभांश र एफपीओ पारित गर्न कम्पनीको सभा आज नमोबुद्ध बैक्वेट एण्ड इभेन्ट, बनेपा–७, काभ्रेपलाञ्चोकमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले चैत्र १९ गते बुक क्लोज गरिसकेको छ । नेप्सेमा चैत्र १८ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

त्यस्तै, मैलुङ्ग खोला जलविद्युत कम्पनीले चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपियाँबराबरको २.२२११ प्रतिशत बोनस शेयर र ०.११६९ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ० वितरण गर्ने घोषणा गरेको छ ।

लाभांश पारित गर्न कम्पनीको सभा आज लैनचौर ब्यांक्वेट, लैनचौर काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

सभा तथा लाभांश वितरणको प्रयोजनका लागि कम्पनीले चैत्र १६ गते बुकक्लोज गरिसकेको छ । तसर्थ, चैत्र १५ गतेसम्म कायम शेयरधनी सभामा उपस्थित हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

त्यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्सले चुक्ता पुँजी दुई अर्ब रुपियाँको २५ प्रतिशतबराबर ५० करोड रुपियाँको हकप्रद शेयर जारी गर्ने प्रस्ताव राखेको छ ।

प्रस्तावित हकप्रद शेयर पारित गर्न कम्पनीको सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजेदेखि बस्दैछ । 

सभा प्रयोजनार्थ कम्पनीले चैत्र १५ गते बुक क्लोज गरिसकेको छ ।

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पुँजी एक अर्ब २३ करोड पाँच लाख रुपियाँबराबरको शेयर संख्या एक करोड २३ लाख पाँच हजार कित्ता शेयर बराबर १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

निर्णयलाई पारित गर्न कम्पनीको सभा कालीमाटी ब्याङकेट, कालीमाटीमा बिहान ११ बजेदेखि सभा बस्नेछ । 

कम्पनीले चैत्र ७ गते बुक क्लोज गरिसकेको छ ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्त साधारणसभा पनि आजै बस्दै छ । सभा होटल पौवा, सिद्धार्थनगर ६, रुपन्देहीमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

सभाले गत आवको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै, चालु आवका लागि लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीेले चैत्र १६ गतेदेखि बुकक्लोज गरिसकेको छ ।

साथै, हिमाल दोलखा हाइड्रोपावर सभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजेदेखि बस्नेछ । सभाले गत वर्षको वित्तीय विवरण पारित गर्नुका साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले चैत्र १८ गते बुक क्लोज गरिसको छ । अतः चैत्र १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा उपस्थित हुन पाउनेछन् । 

Advertisement