निलगिरि खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्न डाक्यो साधारणसभा

Advertisement

काठमाडौं । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न निलगिरि खोला हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा डाकेको छ । सभा, आगामी वैशाख २० गते दिन बस्नेछ । 

कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । सभा  काठमाडौं, लाजिम्पाटस्थित आरबी कम्प्लेक्समा बिहान १०ः३० बजेदेखि सुरु हुने बताइएको छ । 

Advertisement

सभामा सर्वसाधारणका लागि प्रारम्भिक साधारण सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सर्वसाधारणलाई छुट्याइएको सेयर बाहेकको जारी पुँजीमा चुक्ता हुन बाँकी शेयरका बारेमा निर्णय गर्नेलगायतका प्रस्ताव पारित गरिनेछ ।

Advertisement