फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । यद्यपि, कति बिक्रीमा राखिएको कित्ता र सोको मूल्य भने खुलाइएको छैन । 

Advertisement

यो शेयर खरिदका लागि जोकोही व्यक्ति वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आजका मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा आवेदन दिनुपर्नेछ । 

Advertisement