भिजन लुम्बिनी ऊर्जाको ‘लक इन’ अवधि जेठ ४ गते सकिँदै

Advertisement

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको 'लक इन' अवधि जेठ ४ गते सकिँदै छ ।

लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

Advertisement

कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण शेयर गत मंसिर ५ गते बाँडफाँट गरेको थियो ।

सोमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको पाँच प्रतिशतले हुन आउने ९५ लाख ६२ हजार पाँच सय रुपियाँबराबरको ९५ हजार ६२५ कित्ता शेयरको लक इन अवधि सकिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement