एक करोड ३६ लाख पटक शेयर कारोबार

वर्ष २०८० मा ६ खर्ब १७ अर्बको शेयर कारोबार : २३१ दिन बजार खुल्दा १२७ दिन नेप्सेमा गिरावट

Advertisement

काठमाडौं ।  वर्ष २०८० मा नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ६ खर्ब १७ अर्ब ६९ करोड ८५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेले सार्वजनिक गरेको वर्ष २०८० को विभिन्न तथ्यांकले यस्तो देखाएको हो । 

यो वर्ष २०८० वैशाख २ गतेदेखि चैत २८ गतेसम्म गरेर कुल २३१ दिन शेयर कारोबार भएको भएको छ । त्यसमा १२७ दिन नेप्से परिसूचक घटेको छ । यसैगरी १०३ दिन भने नेप्से परिसूचक बढेको तथ्यांकमा उल्लेख छ । योबाहेक असार २१ गते भने नेप्से परिसूचक २०४९.३८ विन्दुमा स्थिर रहेको थियो । 

Advertisement

कति बढ्यो परिसूचक ?

समीक्षा वर्षमा नेप्से परिसूचक ९६.३७ अंकले बढेको छ । बर्ष २०७९ को अन्तिममा नेप्से परिसूचक १९२८.९३ विन्दुमा थियो । वर्ष २०८० को अन्तिमसम्म आउँदा नेप्से परिसूचक २०२५.३ विन्दुमा पुगेको छ । यद्यपि, यस बीचमा नेप्से परिसूचक यो रेन्जभन्दा तलमाथि पनि पुगेको छन् । 

यो बर्ष साउन ७ गते परिसूचक बढेर २ हजार २२७.१६ विन्दुसम्म पुगेको थियो, जुन यो वर्षकै उच्च हो । यसैगरी जेठ १ गते नेप्से परिसूचक १८१८.३१ विन्दुमा झरेको थियो, जुन यो बर्षको सबैभन्दा तल्लो विन्दु हो । 

null

कहिले भयो धेरै कारोबार ?

यो वर्ष माघ ४ गते सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको छ । त्यो दिन ९ अर्ब ७६ करोड ८९ लाख रुपियाँको शेयर कारोबार भएको छ । त्यसको भोलिपल्ट माघ ५ गते पनि ८ अर्ब १७ करोड ४९ लाख रुपियाँको शेयर कारोबार भएको नेप्सेको तथ्यांकमा उल्लेख छ । 

यसैगरी माघ ३ गते ८ अर्ब २ करोड रुपियाँको शेयर कारोबार भएको थियो । सबैभन्दा कम रकमको कारोबार भने मंसिर १४ गते भएको छ, त्यो दिन ३३ लाख १२ हजार रुपियाँको मात्रै शेयर कारोबार भएको छ । 

कति पटक भयो कारोबार ?

यो बर्ष १ करोड ३६ लाख ४० हजार ३४१ पटक शेयर कारोबार भएको छ । त्यसमा १ अर्ब ५२ करोड ५ लाख ६० हजार ४३४ वटा (दोहोरिएको सहित) शेयर खरिद बिक्री भएको छ । 

यो बर्ष माघ ५ गते सबैभन्दा धेरै पटक शेयर कारोबार भएको छ । त्यो दिन ३ लाख ३ हजार ३७ वटा कारोबार भएको छ । यो वर्ष माघ ४ गते सबैभन्दा धेरै शेयर खरिद बिक्री भएको देखिन्छ । त्यस दिन २ करोड ५४ लाख ५० हजार ६७४ वटा शेयर बिक्री भएको नेप्सेको तथ्यांकमा देखिन्छ ।

Advertisement

Advertisement