‘जलविद्युतमा लगानी गर्दा के फाइदा हुन्छ ? विदेशी लगानीकर्तालाई सरकारले प्रष्ट देखाउनुपर्छ’

Advertisement

काठमाडौं । ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले विदेशी लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्दा हुने फाइदाका विषयमा सरकारले स्पष्ट पार्न सक्नुपर्ने बताएका छन् । 

बिहीवार इप्पानले राजधानीमा आयोजित कार्यक्रममा उनले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई जलविद्युतका लगानी गर्दा फाइदाका विषयमा स्पष्ट भन्न र देखाउन सक्नुपर्ने बताए । 

Advertisement

त्यसको लागि सरकारले लगानी सम्मेलनअघि आवश्यक नीतिगत सुधार तत्काल गर्न आवश्यक रहेको कार्कीको भनाइ छ । उनले सरकारले पनि जलविद्युतको विकासको लागि विदेशी मात्रै नभएर स्वदेशी लगानीकर्तालाई जलविद्युतमा लगानी गर्न आह्वान गर्नुपर्ने बताए । 

अध्यक्ष कार्कीले सरकार र जनताको पनि सपना नेपाललाई समृद्ध बनाउने भएको बताए । उनले नेपाललाई समृद्ध बनाउने गरी सरकारले २८ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसको लागि ४६ खर्ब आवश्यक रहेको बताए । कार्कीले सरकारले लगानी सम्मेलनको लागि विश्वभरका एक हजारभन्दा बढी व्यक्तिहरुलाई निम्ता गरेको जानकारी पाएको बताए । 

उनले भने, ‘सरकार र जनताको पनि सपना नेपाललाई समृद्ध बनाउने भन्ने छ । त्यसमा सरकारले २८ हजार मेगावट विद्युत उत्पादन गर्ने भन्ने लक्ष्य छ । त्यसको लागि ४६ खर्ब आवश्यक पर्छ भनिएको छ । सरकारले विश्वभरका एक हजार भन्दा बढी व्यक्तिहरुलाई निम्ता गरेको छ । सरकारले जनतालाई जलविद्युतमा लगानी गर्नका लागि पनि आह्वान गर्नुपर्छ । सरकारले सम्मेलनभन्दा अघि नीतिगत सुधार गर्नुपर्छ । जलविद्युतमा लगानी गर्न आउँदा विदेशी लगानीकर्तालाई फाइदाका विषयमा स्पष्ट रुपमा बोल्न सक्नुपर्छ ।’ 

कार्कीले थपे, ‘लगानी सम्मेलनलाई सहयोग पुग्नेगरी हिमालयन एक्स्पोमा पनि विश्वका धेरै लगानीकर्ता कम्पनीहरुलाई बोलाएका छौं । धेरै सप्लायर्सहरु लगानी गर्न इच्छुक हुनुहुन्छ । धेरै देशका डिजाइनरहरु नेपालमा लगानी गर्ने वातावरण पाउँछ की भनेर एक्स्पोमार्फत आफ्नो उत्पादनलाई लैजान खोज्नुभएको छ । त्योसँगै बेच्न र लगानी गर्न खाजेकाले नेपाल सरकारको उदेश्य अनुसार मुलुकमा २८ हजार विद्युत उत्पादन गर्ने वा सार्थक बनाउन एक्स्पो आयोजना गरेका छौैं । सरकारलाई इप्पानले जलविद्युत विकासमासँगै छौं । सरकार भन्दा फरक बाटोमा छैनौं भनिरहेका छौं । हिमालयन एक्स्पोले सरकारले गर्ने लगानी सम्मेलनलाई ठूलो सहयोग पुग्छ ।’

विदेशी धेरै सप्लायर्स कम्पनी, डिजाइनरहरु नेपालमा जलविद्युतमा लगानी गर्न इच्छुक रहेको उनले बताए । कार्कीले सरकारको उद्देश्य अनुसार मुलुकमा २८ हजार विद्युत उत्पादन गर्ने वा सार्थक बनाउन एक्स्पो आयोजना गरेको बताए । उनले इप्पान जलविद्युत विकासमा सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताए । 

Advertisement

Advertisement