सीईडीबी हाइड्रोपावरको ‘लक इन’ अवधि वैशाख ३० गते सकिँदै

Advertisement

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख २६ हजार २३५ कित्ता शेयरको ‘लक इन’ अवधि वैशाख ३० गते सकिँदै छ । 

‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

Advertisement

हाल कम्पनीका संस्थापकहरुको ५८ लाख ७५ हजार ८७० कित्ता शेयर र कर्मचारीहरूको ५० हजार ३६५ कित्ता शेयर ‘लक इन’ मा छ ।

कम्पनीले संस्थापक तथा कर्मचारीहरूको शेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको मिति २०७८ साल वैशाख ३१ गतेले तीन वर्षसम्मका लागि लक इनमा राखेको हो ।

Advertisement

Advertisement