सांग्रिला डेभलपमेन्ट बैंकको ४३ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले संस्थापक शेयरधनी प्रेमराज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता र मधुसूदन शर्माको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यो शेयर खरिदका लागि जोकोही व्यक्ति वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । बैंकले यसअघि  संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर, तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणलाई खुला गरेको हो । 

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र खरिद गर्न चाहेको शेयर कित्ता खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement