वार्षिक राशिफलः यो वर्ष (२०८१)मा तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
नयाँ बर्ष २०८१ आज (शनिबार) देखि शूरु भएको छ । २०८० साललाई विदाई गरी नयाँ बर्षका रुपमा २०८१ साललाई स्वागत गर्दै गर्दा राशिअनुसार तपाइँको नयाँ बर्ष कस्तो रहला ? हेर्नुहोस राशिअनुसार नयाँ बर्ष २०८१ः 

मेष 
यस राशिका व्यक्तिहरुलाई केही सकारात्मक रहने छ । आर्थिक उन्नतिका लागि धन आर्जनमा गति मिल्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ भने प्रतिष्पर्धीहरुले हेप्न सक्ने छैनन् । वैवाहिक जीवनमा मधुरता आउने छ । वैदेशिक रोजगारीमा सफलता मिल्ने छ । तिक्ष्ण बुद्धिमा हुने बृद्धिले उपयुक्त समयमा उपयुक्त विचार आउँदा निर्णय क्षमतामा बृद्धि हुने छ । रोग व्याधीको त्रास भने रहने छ । घर घडेरी जोड्ने बर्षका रुपमा नयाँ बर्ष रहने छ । 

Advertisement

बृष
आर्थिक बृद्धिमा तिब्रता आउने छ । डुबेका रकम उठ्ने छ । तर विरोधीहरुको संख्यामा बृद्धि हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउँदा जीत कम हुने छ । सवारीसाधनजन्य विषयमा सतर्क रहनु पर्ने देखिन्छ । मान सम्मानमा कमि आउने छ भने आर्थिक पक्ष भने बढोत्तरीमा नै रहने छ । वैवाहिक सुख औसत रहने छ । यात्रामा सफलता मिल्ने छ । 

मिथुन
खर्च असाध्यै बढ्न् छ । विशेषगरी रोगव्याधीको उपचारमा अस्पतालजन्य खर्चमा बृद्धि हुने छ । दाम्पत्य जीवनमा कटुताको मात्रामा ह्वात्तै बृद्धि हुने छ । सन्तान सम्बन्धी तापले सताउने छ । वैदेशिक रोजगारीमा रहनेहरुका लागि समस्य अनुकुल नै रहने छ । धार्मिक र आध्यात्मिक स्वाभावमा बृद्धि हुने छ । राजनीतिमा सक्रिय र सरकारी सेवामा रहेकाहरुलाई लाभ मिल्ने छ । 

कर्कट
बौद्धिक क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ । अध्ययन अध्यापनमा प्रगति हुने छ । साथै सृजनशिल क्षेत्रमा प्रगति हुने छ । यात्रामा कठिनाई भोग्नु पर्ने छ । सडक र सवारीसाधन सम्बन्धी विषयमा सावधानी अपनाउनु होला । व्यापार व्यवसायबाट लाभ मिल्ने छ । तर सेवामा आवद्धहरुका लागि आर्थिक पक्ष औसत रहने छ । रोग व्याधीका विषयमा सतर्क रहनु होला । 

सिंह 
यस बर्ष सामान्य रहने छ । खासै प्रगति पनि नहुने र अधोगति पनि नहुने समय छ । असाध्य खालका रोग व्याधीले सताउने छ । विदेश जाने सोचमा तिब्र बृद्धि आउने छ भने विदेशमा रहेकाहरुलाई मध्यम समय रहने छ । आर्थिक अवस्था पनि मध्यम खालको रहने छ । दाम्पत्य जीवनमा केही तिक्तता आउन जाने छ । सन्तानका कारण विदेश यात्रामा जाने अवसर प्राप्त हुने छ । प्रेममा सफलता प्राप्त हुने छ । 

कन्या
मान सम्मानमा बृद्धि हुने छ । विभिन्न अवार्ड प्राप्त हुने र सम्मानित हुने अवसर प्राप्त हुने छ । सन्तानका गतिविधीबाट परिवारमा गर्व उत्पन्न हुने छ । तर अन्य परिवारका सदस्यहरुसँग तिक्तता बृद्धि हुने छ । यात्रामा झमेला उत्पन्न हुन जाने छ । आर्थिक गतिविधिमा भन्दा बौद्धिक उचाई प्राप्त गर्न मन केन्द्रीत हुने छ । बौद्धिकताको स्तर र आर्थिक अवस्थाका बीचमा उत्पन्न हुने खाडलले व्यवहारिक सन्तुलन बिगार्ने छ । 

तुला
नयाँ बर्ष मिश्रित बर्षका रुपमा रहने छ । विशेष गरी परिवारमा किचलोको अवस्था आउने छ । संक्रामक खालका रोगव्याधीप्रति निकै सतर्क रहनु पर्ने देखिन्छ । धार्मिक स्वाभावमा तिब्रता आउने र यात्रा पनि हुने छ । सहयोगी विचार आउने छ । आर्थिक सन्तुलनमा केही बदलाव आई दबाब सृजना हुने छ । अनावश्यक क्षेत्रको खर्च बढ्न जाने छ । दुर्घटना जस्ता विषयमा सतर्क रहनु होला । 

बृश्चिक
बोलीको प्रभाव बढ्ने छ । ठुलाबडाको विश्वास छिट्टै प्राप्त हुने छ । सामाजिक छविमा सुधार आउने छ । आलोचना गर्नेहरुको मनोबल कमजोर बन्ने छ । दाम्पत्य जीवनमा मधुरता आउने छ । घर घडेरी जोड्ने अवसर आउने छ । विदेशमा रहनेहरुका लागि भने मध्यम बर्ष रहने छ । राजनीतिक रुपमा फाइदा मिल्ने छ । व्यापार विजनेशमा केही बृद्धि होला । 

धनु
धार्मिक रुचिमा बढोत्तरी हुने छ । विश्वास गरेकाहरुबाट सहयोग प्राप्त हुने छ । अध्ययनमा गिरावट आउने छ । व्यावहारिक सोच हुने हुँदा सैद्धान्तिक कुराहरु भन्दा तत्काल गरिहाल्नु पर्ने विषयमा बढि ध्यान जाने छ । सहयोगी स्वाभावले गर्दा समाजमा राम्रो छवि बन्ने छ । बढि बोल्ने बानी भने सुधार्नु पर्ने छ ।  

मकर
नयाँ सवारीसाधन जोड्न सकिने छ । सेवा क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ । धर्म अध्यात्ममा तिब्रता आउने छ । यात्रा पनि हुने र नयाँ नयाँ क्षेत्रका व्यक्तिहरुसँग सम्बन्ध विस्तार हुने छ । स्वास्थ्य सम्बन्धी विषयमा भने सतर्क रहनु पर्ने देखिन्छ । परिवार र समाजमा छविमा सुधार आउने छ । एकांकी स्वाभावले गर्दा घुलनशिलतामा केही कमि देखिने छ । सहयोगी भावनामा बृद्धि हुने छ । खर्च नियन्त्रणमा ध्यान दिनु होला । 

कुम्भ 
संयमता सहित कदम चाल्नु पर्ने देखिन्छ । विशेषगरी स्वास्थ्यमा समस्या आउने छ भने खर्चमा ह्वात्तै बृद्धि हुन जाने छ । मित्रहरुबाट अपेक्षाकृत सहयोग मिल्ने छैन जसले गर्दा विश्वासको कमि उत्पन्न गराउने छ । बोलीको प्रभावमा कमि आउने छ । औद्योगिक क्षेत्रमा आवद्धहरु आर्थिक कठिनाईबाट गुज्रनु पर्ने छ । रोजगारी गुमाउने भयले हरदम सताउने छ । दाम्पत्य जीवनमा कटुता बढ्ने छ । 

मीन
आँटेका कामहरु निकै ढिला गरी पुरा हुने छन् । बढि संघर्ष गर्दा पनि नतिजा निकै न्युन हुन जाँदा मनमा निराशा आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा कमि आउने छ । व्यावहारिक भन्दा आदर्शवादी चिन्तनका कारण अरुले सहजै लिन सक्ने छैनन् । आर्थिक सन्तुलनमा गिरावट आउने छ । विदेश यात्रामा कठिनाई हुने छ । परिवारबाट हुने सहयोगले केही ढाडस भने दिने छ । सेवाको क्षेत्रमा रहेकाहरुको पेशागत क्षेत्रमा केही पदोन्नति मिल्ने छ ।

(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement