भारतको मुद्रास्फीति घटेर ४.८५ प्रतिशतमा सीमित, विदेशी मुद्रा संचिति ६४८.५६२ बिलियन डलर

Advertisement

काठमाडौं । भारतको खुद्रा मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । 

सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति फागुनमा ५.०९ प्रतिशतको तुलनामा मार्चमा ४.८५ प्रतिशत रहेको छ । 

Advertisement

खाद्य मुद्रास्फीति पनि फेब्रुअरीमा ८.६६ प्रतिशत रहेकोमा मार्चमा ८.५२ प्रतिशतमा झरेको मन्त्रालयको तथ्यांकले देखाएको छ । मन्त्रालयको राष्ट्रिय तथ्याङ्क कार्यालयका फिल्ड स्टाफले व्यक्तिगत भ्रमणमार्फत सबै राज्यलाई समेट्ने एक हजार ११४ चुनिएका सहरी बजार र एक हजार १८१ गाउँबाट मूल्य तथ्याङ्क सङ्कलन गरिएको अधिकारीहरूले जनाएका छन् ।

त्यस्तै, भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले जारी गरेको साप्ताहिक तथ्याङ्क अनुसार अप्रिल ५ को अन्त्य भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.९८ अर्ब अमेरिकी डलरले बढेर ६४८.५६२ अर्ब अमेरिकी डलर पुगेको छ । 

यो लगातार सातौं हप्तामा वृद्धि भएको हो । यसैबीच, सुनको भण्डार २ अर्ब ३९ करोड अमेरिकी डलरले बढेर ५४ अर्ब ५५ करोड अमेरिकी डलर पुगेको छ । सिन्ह्वा–नान

Advertisement

Advertisement