अष्ट्रेलियाकी पर्वतारोही एली पेपरद्वारा अन्नपूर्ण–१ हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । 

दुई वर्ष भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने लक्ष्य लिएकी उनले आज दिउँसो १२ बजेर ७ मिनेटमा बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी जानकारी दिइन् । उनले अन्नपूर्ण–१ को चुुचुरोबाट देखिएको दृश्यको बारेमा सुनाउदै उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाले अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी सुनाइन् । 

Advertisement

अन्नपूर्ण–१ हिमालको चुचुरोमा पाइला टेकेसँगै पेपरले तीन वटा आठ हजार मिटर अग्ला हिमालहरु सफलतापूर्वक आरोहण गर्न सफल भएकी छन् ।एकपछि अर्को आठ हजार मिटर अग्लो हिमालहरु आरोहण गर्दै जाने र आफूूले तोकेको समय भित्र नै १४ वटै हिमालहरुको चुचुरोसम्म पाइला टेक्ने उनको भनाइ छ । 

त्यस्तै, सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्गमा शेर्पाका अनुसार पेपरले हाम्रो कम्पनी मार्फत नै अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी हुन् । उनी एकदमै बलियो छिन्, शारीरिक रुपमा पनि फिट भएकोले अगामी दिनमा बाँकी रहेको १४ वटा पिकहरु पनि बिस्तारै सफलतापूर्वक नै आरोहण गर्दै जाने विश्वास रहेको उनले बताए । महिला पर्वतारोहीले यसरी बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये तीन वटा हिमालको आरोहण गर्नु नै एक्दम ठूलो कुरा रहेको उनको भनाइ छ ।

बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालका चुचुराहरूमा पुग्ने आफ्नो सपना पूरा गर्न उनी गएको मार्च महिनाको पहिलो हप्ता टिमसहित काठमाडौं आइपुगेकी थिइन् । उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गर्न २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फाबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थालेकी हुन् । यससँगै ४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसबाट जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन् ।

उनले सेभेन समिट ट्रेक्स कम्पनी मार्फत अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेकी हुन् । यसअघि उनले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये दुई वटा हिमालको अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । 

सिड्नीकी पर्वतारोही पेपरले दुई वर्षभित्र बिना अक्सिजन नै विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन् । उनले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बनेकी थिइन् । उनको आफ्नै आरोहण शैलीका कारण उनले लक्ष्य राखेको समयमै हासिल गर्नेमा कुरामा विश्वस्त छिन् । उनले लक्ष्यका लागि शारीरिक रूपमा मात्र नभएर मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा पनि आपूmलाई तालिम दिइरहेकी छन् । यही सम्पून्न  कुराले पेपरलाई प्रेरित गरेको उनको भनाइ छ । 

हालसम्म छ जनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गरेका छन् । त्यसमा पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरुको मुख्य चुचुरोमा पुगेका भने दुई जना मात्र हुन्, उनीहरुलाई त्यसको लागि १६ वर्ष लागेको थियो । विश्वमा छ जनाले सफलतापूर्वक १४ वटा हिमालहरु आरोहण गरिसकेकोले पनि उनमा आफूले चालेको कदमले लक्ष्यमा पुग्ने विश्वास रहेको छ । 

Advertisement

Advertisement