साढे २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै कुमारी बैंक

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले २७ हजार ४६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । 

बैंकले शेयरधनी चन्द्रादेवी कँडेलको नाममा रहेको १५ हजार ७६६ कित्ता र रन्जिता मानन्धरको नाममा रहेको ११ हजार ६९८ कित्ता शेयर बिक्रीमा राखेको हो ।

Advertisement

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र आवेदन नपरेमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Advertisement