प्रभु इन्स्योरेन्सको साधारणसभा बस्दै, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । प्रभु इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख २० गते बस्ने भएको छ । 

सभा, कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । 

Advertisement

सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । 

त्यस्तै, सभामा चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद शेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोहीबमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेस हुनेछ । 

सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्दै छ । तसर्थ, वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Advertisement