इजिप्टले ३० लाख टन स्थानीय गहुँ खरिद गर्ने

Advertisement

एजेन्सी । इजिप्टको आपूर्ति र आन्तरिक व्यापार मन्त्रालयले सोमबारदेखि किसानहरूबाट स्थानीय गहुँ खरिद गर्न सुरु गर्ने घोषणा गरेको छ । 

आपूर्ति तथा आन्तरिक व्यापारमन्त्री अली मोसेल्हीका अनुसार इजिप्टले सन् २०२४ को खरिद सिजनमा ३० लाखभन्दा बढी टन स्थानीय गहुँ खरिद गर्ने लक्ष्य राखेको छ । 

Advertisement

गहुँको परिमाण उपलब्ध गराएपछि मात्रै २४ घण्टाभित्र किसानले आफ्नो आर्थिक वक्यौता पाउने मन्त्रालयले जनाएको छ । यस सिजनमा गहुँ आपूर्ति ऐच्छिक रहे पनि मन्त्रालयले सम्बन्धित प्रदेशमा आधिकारिक अनुमतिबिना गहुँ एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्न निषेध गरेको बताएको छ । 

आपूर्तिको मौसममा, चारा कारखाना र माछा फार्मका मालिकहरूलाई उनीहरूको उत्पादनमा स्थानीय गहुँ समावेश गर्न निषेध गरिएको छ । शुद्धताको आधारमा यस सिजनमा गहुँको खरिद मूल्य एक हजार ९०० देखि दुई हजार इजिप्टियन पाउन्ड (लगभग ३९.९ देखि ४२.१ अमेरिकी डलर) प्रतिअर्डेबसम्म छ । 

मार्चमा इजिप्टको मन्त्रिपरिषद्ले आगामी फसलको सिजनको लागि स्थानीय गहुँ खरिद मूल्य २५ प्रतिशतले बढाएको थियो । इजिप्टले सरकारलाई थप गहुँ बेच्न किसानहरूलाई प्रोत्साहित गर्न विभिन्न उपायहरू अपनाइरहेको छ । रुस–युक्रेन संकटका कारण खाद्यान्न आपूर्ति श्रृङ्खलामा आएको अवरोधबीच स्थानीय उत्पादन वृद्धि गर्ने लक्ष्य रहेको छ ।
 

Advertisement

Advertisement