सिंगटी हाइड्रोको लिलामी शेयर बाँडफाँट, आजदेखि रकम फिर्ता गरिँदै

Advertisement

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद शेयर बाँडफाँट भएको छ । 

कम्पनीले चैत्र १२ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्रद्वारा ४६ लाख ११ हजार ५३९ कित्ता अवितरित हकप्रद शेयरका लागि खरिद आह्वान गरेको थियो ।

Advertisement

उक्त अवधिमा परेको बोलपत्र चैत्र २७ गते खोली ३० गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो ।

बाँडफाँटको अन्तिम मूल्य १४५ रुपियाँ रहेको र उक्त मूल्यमा बोलपत्र पेस गर्नेको हकमा सापेक्षिक भारअनुसार समानुपातिक रुपमा शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । 

साथै, बाँडफाँटमा नपरेका आवेदकलाई आज (वैशाख ३ गते) सम्बन्धित बैंक खातामा रकम फिर्ता गरिने बताइएको छ ।

Advertisement