शिवम् सिमेन्टले रच्यो इतिहास, हालसम्म १३ करोड ३१ लाख बोरा सिमेन्ट बिक्री

Advertisement

काठमाडौं । शिवम् सिमेन्टले सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट विक्री गर्न सफल भएको छ ।  

अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्दै उपभोक्ताको विश्वास र भरोसा जित्न सफल शिवम् सिमेन्ट सर्वसाधारणको लागि शेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो । 

Advertisement

शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो ।

सन् २००३ मा हेटौडा मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी दैनिक ३००० टन ओपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ।

शिवम् सिमेन्ट ओपिसि मात्र उत्पादन गर्ने नेपालकै अग्रेणी सिमेन्ट कम्पनी हो । 

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा  आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको जनाएको छ ।
 

Advertisement

Advertisement