पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा चयन

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डको उपध्यक्षमा रामप्रसाद सापकोटा चयन भएका छन् । आज बसेको बोर्ड बैठकले उनलाई उपध्यक्षमा चयन गरेको हो । 

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सापकोटासहित राजेन्द्रबहादुर लामा, ऋषिराम भण्डारी गरी तीन जनालाई सदस्यमा मनोनयन गर्ने गरेको थियो । 

Advertisement

धादिङका सापकोटा होटल व्यवसायी हुन् । उनले वर्ल्ड यूनिभर्सिटी अफ लिडरसीप एण्ड म्यानेजमेन्टबाट उच्च शिक्षा हासिल गरेका छन् । 

Advertisement

Advertisement