न्यायाधीशसमेत रहेका आफ्ना पतीलाई जेल पठाउन पत्नी आरती रावल सफल

Advertisement

काठमाडौं । आफ्नै पत्नीको वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले अदालतसामु आत्मसमर्पण गरेका छन् । 

गिरीले सोमबार जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन् । अदालतले उनलाई थुनामा पठाइएको छ । पतीलाई कारवाहीका लागि उनकी श्रीमती आरती रावलले लामो समयदेखि प्रयास गर्दै आएकी थिइन् । 

Advertisement

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । 

त्यसअघि काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । तर गिरी पक्राउ नपरेपछि पत्नी आरती रावल अनशन बस्दै आएकी थिइन् । रावलले अदालत अगाडि नै प्रदर्शन गर्ने र विभिन्न निकायमा पतीविरुद्ध उजुरी दिएकी थिइन् । 

उनले आफूलाई घरेलु हिंसा, यौनशोषण र अप्राकृतिक मैथुन गरेको आरोप  लगाएकी थिइन् । 

Advertisement

Advertisement