अर्घाखाँची सिमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

Advertisement

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । 

यसैक्रममा सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्र आज एनएमबि क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको क्यापिटलले जनाएको छ । 

Advertisement

सम्झौता-पत्रमा अर्घाखाँची सिमेन्ट लिमिटेडका तर्फबाट चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् । 

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाईने चिफ फाइनान्सिएल अफिसर पौडेलले बताए ।  

Advertisement