वायुसेवा निगमद्धारा ऋणको ब्याजको हर्जाना छुट गर्न र कित्ता संख्या बढाइदिन आग्रह

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरीद गरेका जहाजहरुको चैत महिनाको किस्तावापतको ५३ करोड नौ लाख ५५ हजार रुपियाँ भुक्तानी गरेको छ । 

निगमले दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडि जहाजको गएको चैत्रको किस्ताबापत पूरा र दुई वाइडबडि जहाजकोे आंशिक गरी उक्त रकम भुक्तानी गरेको जनाएको हो । 

Advertisement

निगमले ऋणको विशेषगरी ब्याजवापतको रकम तिर्दै आए पनि ऋणको ठूलो हिस्सा भने अझै घटाउन सकेको छैन् । निगमले विश्वव्यापी कोरोना भाइरसको कारण व्यापारमा समेत प्रतिकुल असर परेकोले सोको असर परेकोले सो अवधिको व्याजको व्याज, हर्जाना र जरिवाना छुट गरी सहयोग गरिदिन र किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तानीलाइ सहजीकरण गरिदिन समेत दुवै कोषलाई अनुरोध पत्र पठाएको जानकारी दिएको छ । 
 

Advertisement

Advertisement