शेयर बजारमा दोहोरो अंकको गिरावट, पौने ३ अर्बमै समेटियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । यसैक्रममा आज पनि बजार दोहोरो अंकले तल झरेको हो । कारोबार रकम पनि पौने ३ अर्बमै समेटिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.८२ अंकले घटेको हो । ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २००६.५२ अंकमा पुगेको छ । 

Advertisement

बजार घटेको दिन सबै समूह राताम्मे भएका छन् । वित्त समूह सबैभन्दा बढी १.६४ प्रतिशतले घटेको हो । 

undefined

आव ३१४ कम्पनीका ७२ लाख २३ हजार ७ सय ७३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२.६८ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि आज माछापुच्छ्रे बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.०९ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै गुराँस लघुवित्त र दोल्ती पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी १०–१० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज ङादी ग्रुप पावरको उच्च कारोबार  भएको छ । उक्त कम्पनीको १७ करोड ७३ लाख ६८ हजार २ सय ९५.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार २.३५ अंकले बजार घट्दा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६ सय ५२.६२ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement