एसीसी प्रिमियर कपः हङकङ लाई ८ विकेटले हराउँदै नेपालको लगातार तेस्रो जित

Advertisement

काठमाडौं । एसीसी प्रिमियर कप २०२४ अन्तर्गत सोमबार भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । 

एक सय १५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

Advertisement

समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेवियासँग नेपालले खेल्नेछ । यद्यपि नेपालले समूह चरण पार गर्न यो खेल औपचारिकता मात्रै हो । 

हरेक समूहबाट दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले टी २० विश्वकपपछि हुने एसिया कप टी २० प्रतियोगिता खेल्न पाउनेछ ।

Advertisement