अन्नपूर्ण-१ को आरोहणसँगै पुर्जाले बनाए अर्को विश्व रेकर्ड

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले विश्वको १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेका छन् । सो हिमालको सफल आरोहणसँगै उनले अर्को रेकर्ड राख्न सफल भएका छन् । 

पुर्जाले गत शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेको इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक मिङ्मा डेविड शेर्पाले जानकारी दिए । अन्नपूर्ण–१ हिमालको सफल आरोहणसँगै उनले विश्वका आठ हजार मिटर अग्ला हिमालहरु ४४ पटक सफल आरोहण गरी अर्को विश्व कीर्तिमान कायम गरेको शेर्पाले बताए ।

Advertisement

पुर्जाले १४ वटा हिमालहरु मध्ये १३ वटा हिमाल बिना अक्सिजन सफल गरी सकेका छन् । अब तिब्बतमा रहेको शिशपाङ्मा हिमाल मात्र बिना अक्सिजन आरोहण गर्न बाँकी छ । उनले विभिन्न हिमालमा विभिन्न कीर्तिमानहरु राखेको रेकर्ड छ । 

Advertisement

Advertisement