प्रभु बैंकको नयाँ शाखा पोखराको नयाँगाउँमा

Advertisement

काठमाडौं । प्रभु बैंकले पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा ३०२औं शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकको नयाँगाउँ शाखा कार्यालयको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले उद्घाटन गरेकी हुन् । 

उक्त अवसरमा शेरचनले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको प्रकाश पारिन् । 

Advertisement

बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै शाखालाई सफलताको शुभकामना व्यक्त गरिन् । 

बैंकको नयाँगाउँ शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकले नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत सेवा प्रदान गर्दै आएको जनाएको छ । 
 

Advertisement

Advertisement