लक्ष्मी सन्‌राइज बैंकद्वारा कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक

Advertisement

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले आफ्नो वातावरणीय उत्तरदायित्वको प्रतिबद्धतालाई सुदृढ बनाउँदै आर्थिक वर्ष २०७९–८० सम्मको सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । 

बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (पीसीएएफ) सँग २०२१ देखी आवद्व हुँदै आएको छ ।

Advertisement

पीसीएएफ वित्तीय संस्थाहरुको विश्वयापी साझेदारी समूह हो जसले वित्तीय संस्थाहरुको कर्जा र लगानीका क्षेत्रहरु मार्फत उत्सर्जन हुने ग्रीन हाउस ग्यासेज(जीएचजी० को मुल्याङ्कन र सोको विवरणहरु संकलन र सार्वजनिक गर्ने काम गर्दछ ।

लक्ष्मी सन्‌राइजको प्रकाशित भएको विवरणले बैंकको सवारी साधन कर्जा र आवासिय कर्जा मार्फत गत आर्थिक वर्षसम्म (१६ जुलाई २०२३ सम्म) कुल १५,९६५.११ टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ ।  जसमध्य सवारी साधन कर्जा मार्फत ३,६४४.५१ tCO2e र आवासिय कर्जा मार्फत १२,३२०.६० tCO2e कार्बन उत्सर्जन भएको छ ।

बैंकले आफ्नो कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको तऋइद्दभको असरलाई न्युनिकरण गर्न पहल अगाडी बढाईसकेको छ । विभिन्न हरित परियोजनामा लगानी बढाउनुका साथै आफ्ना डिजिटल प्लेटफर्मको पहुँचलाई अझ सुगम र सुढृद बनाउने, डिजिटल बचत खाताहरुको सञ्चालन गर्ने र आफ्ना ग्राहकहरु लाई दिगो अभ्यासहरु गर्न प्रेरित गर्ने लगायतका कार्यहरु गर्दै आएको छ । यसैगरी आगामी दिनहरुमा अन्य वर्गमा भएको लगानीहरुको जीएचजी उत्सर्जनको मूल्यांकन र सार्वजनिक गर्दै थप पर्यावरणमैत्री अभ्यास तथा पहलहरु अघि बढाउने प्रतिवद्वता बैंकको रहेको छ ।

undefined
 

Advertisement

Advertisement