नेशनल लघुवित्तको नगद लाभांश शेयरधनीको खातामा जम्मा

Advertisement

काठमाडौं । नेशनल लघुवित्तको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ । कम्पनीको चैत्र १६ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले पारित गरेको ७.५ प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा भएको हो । 

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ३० गते बुक क्लोज गरेको थियो ।

Advertisement

त्यस्तै, फागुन २९ गतेसम्म आफ्नो हितग्राही खाता (डिम्याट) मा बैंक खातासमेत अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ । साथै, आफ्नो शेयर प्रमाणपत्र हालसम्म पनि अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीका अनुसार फागुन २९ गतेसम्म धितो राखेका शेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र उपलब्ध गराएपछि मात्र नगद लाभांश जम्मा गरिने छ । साथै, सो मितिपश्चात् कर्जा चुक्त भुक्तान गरेका शेयरधनीको हकमा सम्बन्धित बैंक÷वित्तीय संस्थाको फुकुवापत्र प्राप्त भएपछि मात्र नगद लाभांश पठाइने कम्पनीले बताएको छ ।

Advertisement

Advertisement