पाँच वर्षदेखि अनुपस्थित दुई प्राध्यापक : त्रिविले सोध्यो– सेवाबाट किन नहटाउने ?

Advertisement

काठमाडौं । पाँच वर्षदेखि अनुपस्थित दुई प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्पष्टीकरण सोधेको छ । 

त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गतका अंग्रेजी विभागका उपप्राध्यापकद्वय लक्ष्मीप्रसाद ओझा र जगदीश पौडेललाई स्पष्टीकरण सोधेको हो । 

Advertisement

ओझा २०७५ साउन २० गतेदेखि २०८० साउन २० गते (पाँच वर्ष) र पौडेलले २०७६ भदौ १ गतेदेखि २०८० साउन मसान्तसम्म (चार वर्ष) त्रिविको नियमानुसार अध्ययन बिदा लिएका थिए । तर, ओझा र पौडेलको बिदा सकिएको एक वर्षभन्दा बढी समय बित्दा पनि दुवै जना विश्वविद्यालयमा उपस्थित नभएको त्रिविले जनाएको छ । 

त्रिविले त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी २०५० को परिच्छेद–९ को नियम ६५ अनुसार बिदा तोकिएपछि पनि काममा अनुपस्थित हुनेलाई परिच्छेद १० को नियम ८४ अनुसार ९० दिनभन्दा बढी लगातार अनुपस्थित रहेमा सेवाबाट हटाउन सकिने कुरा स्मरण गराएको छ । 

साथै, त्रिविले नियमविपरीत अनुपस्थित हुने ओझा र पौडेललाई सेवाबाट हटाउनुनपर्ने कुनै कारण भए १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । 

undefined

Advertisement

Advertisement