सुनचाँदीको मूल्य बढेर फेरि नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला १ हजार ७ सय र चाँदी प्रतितोला ३५ रुपियाँ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदीको प्रतितोला १ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement